२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा पाँच लाख ८५ हजार २२८ मतदाता

लेखक स्थानीय खबर २५ आश्विन २०७४, बुधबार १ मिनेट पढाइ


भद्रपुर
, २५ असोज । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झापामा कुल पाँच लाख ८५ हजार २२८ मतदाता रहेका छन् ।

तीमध्ये महिला दुई लाख ९६ हजार ३६२, पुरुष दुई लाख ८८ हजार ८५७ र तेस्रो लिङ्गी नौ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पछिल्लो निर्वाचन क्षेत्र निर्धारणअनुसार पाँचवटा निर्वाचन क्षेत्र कायम भएको यस जिल्लामा निर्वाचन क्षेत्र नं १ मा कुल एक लाख पाँच हजार ४७५ मतदाता रहेका छन् । तीमध्ये महिला ५२ हजार ८४६ छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६० हजार १४५ महिला र पाँचजना तेस्रो लिङ्गी गरी कुल एक लाख १८ हजार २०४, निर्वाचन क्षेत्र नं ३ मा महिला ५७ हजार ५७० सहित एक लाख १४ हजार ५८६, निर्वाचन क्षेत्र नं।४ मा महिला ५५ हजरा २०७ र तेस्रो लिङ्गी एकजना गरी कुल एक लाख नौ हजार ४०१ छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं ५ मा महिला ७० हजार ५८४ र तेस्रो लिङ्गी तीन जना गरी कुल एक लाख ३७ हजार ५६५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए ।

यसैगरी, निर्वाचनलाई स्वच्छ, शान्ति र एवं धाँधलीरहित सम्पन्न गर्न पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको उनले बताए ।
रासस

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।