२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन घोषित मितिमै हुनुपर्छः एमाले

लेखक स्थानीय खबर २४ आश्विन २०७४, मंगलबार १ मिनेट पढाइ


काठमाडौँ
, २४ असोज । नेकपा एमाले स्थायी समितिको आज ९मंगलबार० बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन घोषित मितिमै हुनुपर्नेमा जोड दिएको छ ।

सिंहदरबारस्थित सो दलको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारमा मन्त्रिमण्डल हेरफेर वा निर्वाचन मितिमा हेरफेर गर्ने तयारी वा षड्यन्त्र भएको आरोप लगाउँदै त्यस्तो कार्य भएमा लोकतन्त्रको हित विपरीत हुने जनाएको हो ।

बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले भने, “हामी घोषित मितिमा निर्वाचन होस् भन्ने चाहन्छौँ, उम्मेदवारहरुको चयन कार्य भइरहेका बेला मिति सार्ने वा निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि काम हाम्रो लागि मान्य हुने छैन ।”

आगामी मंसिर १० र २१ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तोकिएको छ । सरकारमा रहेको नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमालेसंग चुनावी तालमेल गरे पछि केन्द्रका मन्त्री हटाई अन्य दलबाट नयाँ मन्त्री थप्ने तयारी भएको समाचार आइरहेको सन्दर्भमा बैठकले त्यसमा आपत्ति जनाएको हो ।

बैठकमा वाम तालमेल अन्तर्गत उम्मेदवारको बाँडफाँड र परिचालनका विषयमा पनि छलफल भएको थियो ।
रासस

प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।