२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा प्रदेश तथा प्रतिनिधि सभाको चुनावी चहलपहल




रामपुर
— पाल्पा, २३ असोज । आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पामा चहलपहल बढ्न थालेको छ । यतिबेला बजार, गाउँ तथा टोल—टोलमा निर्वाचनका विषयमा चर्चा हुन थालेको छ ।

अहिले बजारका चोक, गाउँ, टोल, चौतारी, खुल्ला चउर, चिया पसलमा भेला भएका मतदाताले पार्टीले कस्तो व्यक्तिलाई टिकट दिदैँछ भनी चासो लिन थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएपछि जिल्लामा यतिबेला चुनावी सरगर्मी बढ्दै गएको हो ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि गाउँ—गाउँमा जाने तयारीमा छन् । स्थानीय तहको निर्वाचनमा मतदान गरेका यहाँका मतदाताले प्रदेश र प्रतिनिधि सभामा पनि पार्टीगत नभइ कुशल राजनीतिज्ञ, विकासप्रेमी उम्मेदवारलाई मतदान गनुपर्छ भन्ने पक्षमा छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका विभिन्न दलले कुशल राजनीतिक व्यक्तित्व भएको व्यक्तिलाई प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउनुपर्छ भन्नेमा उनीहरुको एक मत छ ।

निर्वाचनकै सम्बन्धमा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल यतिबेला छलफलमा जुटिरहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा दुई वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि चारवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
रासस

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार ००:००