७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिराहा नगर कार्यपालिका गठन




लहान
, २३ असोज । सिराहा नगरपालिकाको नगरकार्यपालिका गठन भएको छ । नगरकार्यपालिकाको गठन प्रक्रियाअनुसार प्रत्येक वडाबाट निर्वाचित महिला सदस्यमध्ये पाँच सदस्य तथा निर्वाचित सदस्यभन्दा बाहिरबाट दलित वा अल्पसंख्यक पदको लागि तीन जना गरी आठ जना थपिएपछि नगर कार्यपालिकाले पूर्णता पाएको हो ।

नगर कार्यपालिकामा निर्वाचित महिला सदस्यमध्येबाट संघीय समाजवादी फोरम नेपालका फूलपरास देवी, तारादेवी सदा, सीमा मण्डल तथा नेपाली कांग्रेसबाट इन्द्रादेवी कर्ण र रुकसाना खातुनले ८३—८३ मत ल्याई विजय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै निर्वाचित सदस्यबाहेक दलित वा अल्पसंख्यक सदस्य पदमा नेपाली कांग्रेसबाट उदयशंकर राउत र विनयकुमार साहले ८३—८३ मत ल्याई विजयी भएका छन् भने संघीय समाजवादी फोरम नेपालबाट हिन्देश्वरप्रसाद लाल कर्णले ८१ मत ल्याई विजय भएका छन् ।

नगरसभामा नगरप्रमुख, उपप्रमुख, २२ वडाकै वडाध्यक्ष तथा आठ जना गरी ३२ सदस्यीय रहने व्यवस्था छ ।
रासस

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार ००:००