१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस मनाङले उम्मेदवारको टुंगो लगायो




मनाङ
, २२ असोज । देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ । एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा नेपाली कांग्रसले आफ्ना उम्मेदवारको टुंगो लगाएको हो ।

संघमा प्रत्यक्ष तर्फ नेपाली कांग्रेस मनाङका सभापति एवं सांसद टेकबहादुर गुरुङ रहेका छन् भने, समानुपातिक तर्फ समाजसेवी एवं युवा नेता कर्म घलेलाई अगाडि सारिएको छ ।

त्यस्तै प्रदेश क्षेत्र १ मा प्रत्यक्ष तर्फ चिन्तबहादुर घले र समानुपातिक तर्फ साङ्दो लामा रहेका छन् । प्रदेश क्षेत्र २ मा भने प्रत्यक्षमा कर्म गुरुङ र समानुपातिक तर्फ सगर गुरुङ (टाइगर गुरुङ) र समानुपातिक महिला तर्फ छिरिङ ओङमा घले गुरुङ रहेको नेपाली कांग्रेस मनाङ जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए ।

करिब ६ हजार मतदाता रहेको यस जिल्लामा चारवटा गाउँपालिका रहेको छ । जसमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले दुई वटामा जित हासिल गरेको थियो ।
रासस

प्रकाशित मिति : २२ आश्विन २०७४, आइतबार ००:००