९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकामा वडा कार्यालय छैन, सेवाग्राहीलाई सास्ती, वडाध्यक्ष चौतारामा



२१ असोज, डडेल्धुरा । नगरपालिका भन्नेवित्तकै सबै ठाउँमा वडा कार्यालय, टोल–टोलमा सडक, ढल, नाली, पार्क होला भनेर सोच्नु अनौठो होइन । तर डडेल्धुराको अमरगढी नगरपालिकामा भने वडा कार्यालयसमेत स्थापना हुन सकेको छैन । जसले गर्दा सेवाग्राहीले सास्ती भोग्दै आएका छन् ।

११ वटा वडा रहेको अमरगढीमा अहिलेसम्म एक वटा वडाको मात्रै स्थापना भएको छ । तर त्यसको समेत व्यवस्थापन गर्न नसकेको जनप्रतिनिधीहरू स्वीकार्छन् ।

तस्बिर स्राेतः अमरगढी नगरपालिकाकाे वेभसाइट

अनौठो कुरा के भने अमरगढी नगरपालिका २०५३ माघ ११ गते गठन भएको नगरपालिका हो । गठन भएर दुई दशक नाघ्दासमेत वडा कार्यालयहरू स्थापना गर्न नसक्नु अचम्मको बिषय बनेको छ । नयाँ स्थानीय तह अधिकारसम्पन्न भएको भनिए पनि अमरगढीबासीले त्यसको अनुभूति गर्न पाएका छैनन् ।

डडेल्धुराकै परशुराम नगरपालिकामा पनि १२ वटा वडा छन् तर अहिलेसम्म ८ वटाको मात्रै कार्यालय स्थापना भएका छन् । बाँकी ४ वटा वडाको कार्यालय चाँडै स्थापना गरिने परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले जानकारी दिए ।

नगरपालिका जस्तै कतिपय गाउँपालिकामा पनि वडा कार्यालय स्थापना भएको छैन । भागेश्वर गाउँपालिका– ५ सिराडमा कार्यालय राख्ने स्थानको बारे विवाद भइरहेको छ । जसका कारण अहिलेसम्म कार्यालय राख्न सकेको छैन ।

वडा कार्यालय स्थापना नभएका कारण अहिलेसम्म पनि गाउँपालिको केन्द्रबाटै सेवाप्रवाह भइरहेको छ । कतिपय ठाउँमा पुरानै भवन भएका कारण सेवाप्रवाहमा समस्या भएको छैन । कतिपय नयाँ घोषणा भएका स्थानीय तहमा भने कार्यालय राख्ने ठाउँमा सहमति, भवन निर्माणलगायतका काम बाँकी भएकाले अझै स्थापना हुन सकेको छैन । अमरगढी नगरपालिकाको भवनमा कोठाको अभाव हुँदा सेवाग्राहीलाई मात्रै नभइ वडा अध्यक्षलाई समेत काम गर्न समस्या छ । वडा अध्यक्ष चौतारामा बसेर काम गर्न बाध्य भएको जनप्रतिनिधीको गुनासो छ ।

अमरगढी नगरपालिका उप प्रमुख संगिता भण्डारीले भने तत्काल वडा कार्यालय स्थापना गर्नका लागि पहल शुरु भइसकेको बताइन् । परशुराम नगरपालिकामा रहेका दुर्गम वडामा कार्यालय स्थापना गरी कामकाज शुरु गर्नुपर्ने र जनताले घरदैलामा नै सेवा पाउनुपर्ने सर्वसाधारणहरूको माग छ । रासस

प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार ००:००