८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोट कांग्रेसबाट सर्वसम्मत उम्मेदवार सिफारिस



१९, काठमाडौँ । कांग्रेस जिल्ला कार्य समिति जाजरकोटले आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।मंसिरमा हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नामावली सर्वसम्मत रुपमा टुङ्गो लगाई केन्द्रीय कार्यालयमा बुझाएको जिल्ला सभापति दीपकजंग शाहले राससलाई जानकारी दिए ।

एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पार्टीको जिल्ला कार्य समिति बैठकले सङ्घमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको छ । सबैजसो ठाउँमा उम्मेदवार चयन गर्दा विवाद हुँदै आए पनि जाजरकोटमा भने अरू जिल्ला कार्य समितिलाई सकारात्मक सन्देश दिने गरी सर्वसम्मत निर्णय गरेको सभापति शाहले बताए । रासस

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार ००:००