१८ असोज, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–२ तेमेदु गाउँका १३ घर पहिरोको उच्च जोखिममा परेका छन् । वर्षासँगै चाम्खु खोल्साको कटान बढ्दै गएपछि जमिन चिराचिरा हुँदै बग्न थालेको पीडित नैनबहादुर राईले बताए । २०७२ सालको भूकम्पपश्चात निरन्तर बग्न थालेको उक्त पहिरो घर नजिकै पुगेको राईले बताए । केही दिन देखिको निरन्तर वर्षाले पहिरो बढ्दै गएपछि स्थानीयवासी रातभरि जाग्रम बसिरहेका छन् ।
दिउँसो घाम लाग्ने र रातमा पानी पर्दा जमिन चिराचिरा भई बग्दै जाने गरेका कारण गाउँले त्रसित बनेका हुन् । स्थानीय इन्द्रकला राई, छलिलाल राई, धन रुपी राई र नैनबहादुर राईको घर नजिकै पहिरो पुगेको छ ।
पहिरो रोकथामको लागि सम्बन्धित निकाय समक्ष गुहार मागे पनि सुनुवाइ नभएको पीडितहरूको गुनासो छ । पहिरोका कारण स्थानीयवासी नैनबहादुर राईको करिब चार रोपनी क्षेत्रफलमा लगाइएको अलँैची समेत बगाएको छ । रासस
प्रतिक्रिया