१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ताको चेक बोकेर हिँडेका वडा सचिव बेखबर



१२ असोज पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कविहीन भए पछि बृद्धबृद्धा, अपांग, एकल महिलालगायतका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

वडा सचिव प्रेम नेपालीले असोज ९ गते भत्तावापतको करिब १७ लाख रुपैयाँको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताए । गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दासमेत सचिवले अध्यक्षको फोन उठाएका छैनन् । असोज १० गतेसम्म अध्यक्षको फोन नउठेपछि दशैँमा ज्येष्ठ नागरिक, एकल महिला तथा दलित बालबालिकाले भत्ता बुझ्न पाएका छैनन् ।

भत्ता दिन नसकेपछि वडा कार्यालयमा आएका लाभग्राहीलाई रित्तै फर्काउन बाध्य भएका छन् । हुमिनकी ८६ वर्षीया जमुना श्रेष्ठले दशैंअघि भत्ता बुझ्न पाएको भए राहत महशुस गर्ने बताइन् ।

सरकारी मोटरसाइकलसमेत लिएर गएका सचिव सम्पर्कमा आएका छैनन् ।रम्भा गाउपालिका–४, हुमिनमा १ सय ३० जना ज्येष्ठ नागरिक, ५७ जना एकल महिला, ५२ जना ज्येष्ठ दलित र ४५ जना दलित बालबालिका छन् । रासस

प्रकाशित मिति : १२ आश्विन २०७४, बिहिबार ००:००