५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ताको चेक बोकेर हिँडेका वडा सचिव बेखबर



१२ असोज पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कविहीन भए पछि बृद्धबृद्धा, अपांग, एकल महिलालगायतका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

वडा सचिव प्रेम नेपालीले असोज ९ गते भत्तावापतको करिब १७ लाख रुपैयाँको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताए । गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दासमेत सचिवले अध्यक्षको फोन उठाएका छैनन् । असोज १० गतेसम्म अध्यक्षको फोन नउठेपछि दशैँमा ज्येष्ठ नागरिक, एकल महिला तथा दलित बालबालिकाले भत्ता बुझ्न पाएका छैनन् ।

भत्ता दिन नसकेपछि वडा कार्यालयमा आएका लाभग्राहीलाई रित्तै फर्काउन बाध्य भएका छन् । हुमिनकी ८६ वर्षीया जमुना श्रेष्ठले दशैंअघि भत्ता बुझ्न पाएको भए राहत महशुस गर्ने बताइन् ।

सरकारी मोटरसाइकलसमेत लिएर गएका सचिव सम्पर्कमा आएका छैनन् ।रम्भा गाउपालिका–४, हुमिनमा १ सय ३० जना ज्येष्ठ नागरिक, ५७ जना एकल महिला, ५२ जना ज्येष्ठ दलित र ४५ जना दलित बालबालिका छन् । रासस

प्रकाशित मिति : १२ आश्विन २०७४, बिहिबार ००:००