२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुर थिमीको बजेट बल्ल अनुमोदन



स्थानीय तहले असार मसान्त भित्र बजेट नीति तथा कार्यक्रम अनुमोदन गर्नु पर्ने व्यवस्था छ । तर मध्यपुर थिमि नगरपालिकाले भने शनिबार बल्ल बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

नगरपालिकका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले भक्तपुरको बोडेस्थित कृषि विकास तालीम केन्द्रमा शनिबार सम्पन्न तेस्रो नगरसभाले १ अर्ब ६३ रुपैयाँको बजेट पारित गरेको जानकारी दिइन् ।

असार १० गते भित्र बजेट पेस गरेर सोही महिनाको मसान्तभित्र स्थानीय सभाले अनुमोदन गर्नु पर्ने व्यवस्था भए पनि राजनीतिक किचलको कारण अबरुद्ध भएको थियो ।

यसअघि दुई पटकसम्म नगरसभा अह्वान गरे पनि बजेट, नीति तथा कायक्रम अनुमोदन गर्न सकेको थिएन ।

नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र उपप्रमुख मधिकर्मीसहित दुईतिहाइ बहुमत वडाध्यक्षसहितको जनप्रतिनिधि र नगर कार्यपालिकाका सदस्यबीचको विवादका कारण नगरसभा आह्वान भए पनि पूर्णता पाउन सकेको थिएन ।

पहिलो नगरसभामा नेकपा र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच समझदारी नबनेपछि नगरप्रमुख श्रेष्ठले स्थगित गर्ने घोषणा गरेका थिए । सोही नगरसभालाई उपप्रमुख मधिकर्मीले नेतृत्व लिँदै नीति तथा कार्यक्रम पारित गरेको दाबी गरेकी थिइन् ।

त्यसपछि पुनः अर्को नगरसभा आह्वान गरे पनि उद्घाटनपछि बन्दसत्रमा विवाद भएकाले पुनः स्थगित गरिएको नगरसभा बैठक दुई दलका नेता र जनप्रतिनिधिबीच सहमति भएपछि जनप्रतिनिधि मात्रै सहभागी भएर बजेट तथा नीति कार्यक्रम पारित गरेको बताइएको छ ।

दशैँमा पनि तलब खान नपाइने डरले बसेको जनप्रतिनिधि र कर्मचारीले तलबसँगै अब विकासका काम पनि फुकेको कर्मचारीले बताएका छन् । रासस

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार ००:००