१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाली बीमाबारे बैतडीका किसान अनभिज्ञ

लेखक स्थानीय खबर १६ चैत्र २०७५, शनिबार १ मिनेट पढाइ

चैत १६, बैतडी । बैतडीका किसान बाली बीमाबारे अझै अनभिज्ञ छन् । सरकारले विसं २०६९ माघमा किसानलाई लक्षित गरेर बालीबीमा कार्यक्रम ल्याए पनि यसका बारेमा किसानले नबुझ्दा उनीहरुले बाली बीमा गरेका छैनन् ।

व्यावसायिकरूपमा कृषिमा लागेका किसानलाई ७५ प्रतिशत अनुदानमा बाली बिमा गर्ने सरकारको नीति भए पनि जिल्लामा अहिलेसम्म किसानको आकर्षण बढ्न नसकेको हो ।

सरकारले असिना, खडेरी, सुख्खा, रोग किराको प्रकोप भएर बालीनालीमा क्षति पुगेमा किसानलाई बढीमा ९० प्रतिशत सम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर किसानले बाली बिमा नै नगरेकाले क्षति भए पनि क्षतिपूर्ति पाउन नसकेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

बाली बीमा नगरेकै कारण किसानले वर्षेनी हजारौँको क्षति व्योर्होदासमेत क्षतिपूर्ति पाउन सकेका छैनन् । बाली बीमाका बारेमा आवश्यक जानकारी नभएकै कारण किसानको यसमा चासो नबढेको अगुवा किसान कृष्णदत्त भट्टको भनाइ छ । बैतडीमा अहिलेसम्म दुई किसानले मात्रै बाली बीमा गराएका छन् । रासस

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।