२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बृद्धभत्ताले दिएको जागिरे अनुभुतिः बुढ्यौलीको हौसला बन्यो भत्ता



इटहरी । ९२ वर्षअघि ओखलढुंगामा जन्मिएकी पुन्यकुमारी पोखरेलका ४ छोरा र एक छोरी । नाती नातिनीको संख्या १४ छ ।

५ जना पनाती पनातिनी छन् । २४ सन्तान दरसन्तानको एक्ली छहारी हुन् पुन्यकुमारी । इटहरी ६ लक्ष्मण मार्गमा रहेकि उनी राम्रोसँग हिँड्डुल गर्न सक्दिनन् ।

उनको त्रैमासिक भत्ता उनलाई हेरचार गर्ने छोरा बद्री पोखरेलले बैंकबाट ल्याउँछन् । उनलाई दिन्छन् । उनी आफ्नो भत्ता आफ्नो खानपान ओट्स किन्न, दूध किन्न र बिस्कुट किन्न खर्च गर्छिन् ।

चाडबाडमा आएका नाति नातिनालाई टीका लाएर दिने पैसा पनि उनको बृद्ध भत्ताबाटै पुग्छ । जिन्दगीभर कुनै जागिर नखाएकि पुन्यकुमारीलाई बृद्धभत्ता एक खाले जागिर भएको छ । उ

नको यस्तो जागिर जस्तै नियमित भत्ता आउन थालेको १६ वर्ष पुग्यो । ७६ वर्षबाट भत्ता पाएकी उनले अहिले पनि सुविधा लिइरहेकी छन् ।

२०६७ मा श्रीमान काशीनाथ उपाध्याय बित्नुअघि दम्पत्तिकै भत्ता आउँथ्यो । भत्ताले घर खर्च र आफ्नो खर्चबर्चमा भरथेग हुन्थ्यो ।

छोरा बुहारीसँगै बस्दा अन्य घरखर्च नलागेपनि आफ्नो रुचिको कुरामा कसैलाई नभनि खर्च गर्ने शक्ति भत्ताले नै दियो पुन्यकुमारीलाई । उत्तरी मोरङको दुलारी देखी सुनसरीको इटहरीसम्म परिवारसँगै बसाइसराई हुँदा पुन्यकुमारीले विभिन्न तरिकाले भत्ता पाइन् ।

“पहिले गाविसबाट पाउने चलन थियो अहिले त बैंकबाट पाउने चलन बनाए,” पुन्यकुमारी भत्ता लिने तरिका फेरिएको बारेमा बताउँछिन् । अहिले पुन्यकुमारीको भत्ता उनकै वडामा रहेको रास्ट्रिय वाणिज्य वैंकबाट आउने गर्छ ।

“यो मेरो जागिर नै हो’, भत्ताको आफ्नो जीवनमा आएको महत्व बारेमा खुलाउँदै पुन्यकुमारी भन्छिन्, ‘नेपाल सरकारले दिएको सित्तैको जागिर हो यो भत्ता !”

भत्ता तीन–तीन महिनामा आउने भएकाले एकमुस्ट १२ हजार रुपैयाँले केही न केही काम बन्ने गरेको उनले बताइन् । उनी भन्छिन्, “थोरै पैसा भए पनि तीन महिनाको एकमुस्ट आउँदा धेरैजस्तो लाग्दो रहेछ ।”

भत्ताले आफूलाई आफूलाई हौसला मिलेको पुन्यकुमारी बताउँछिन् । हुँदा खानेदेखी हुनेखाने दुवैको लागी भत्ताले राम्रो गरेको उनी बताउँछिन् ।

उनी भन्छिन्, “केही नहुनेलाई भत्ता सबै कुरा हो । केहि हुनेलाई पनि यो राम्रो सहयोग हो ।”

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ००:००