कलैया, ११ असोज । यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उप–महानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।
कांग्रेसका यादवले १० हजार ९०३ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद साहले १० हजार ७१६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकै रहिना खातुन १० हजार ५३८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रतिमा यादवले १० हजार ३७२ मत प्राप्त गरिन् ।
रासस
प्रतिक्रिया