Logo

खड्ग नगरपालिकाकालार्इ नमूना नगरपालिका बनाउने प्रतिबद्धता




लहान
, ९ असोज । सप्तरीकाे खड्ग नगरपालिकाका नवनिर्वाचित प्रमुख हेमायु हकले यस नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदभारग्रहण कार्यक्रममा उनले भने– “सबै पक्षसंग समन्वय र सहकार्य गरी नमूना नगरका रुपमा विकास गर्ने कार्यमा हामी प्रतिबद्ध छौं ।”

प्रमुख हकले बिद्यमान स्रोत र साधनको अधिकतम उपयोग गरी नगरक्षेत्रभित्र स्वरोजगारी सृजना गर्ने कार्यलाई नगरपालिकाले उच्च प्राथमिकता दिइने बताए ।

कार्यक्रममा नवनिर्वाचित उपप्रमुख यासमिन सुल्तानले नगरको समग्र विकासका लागि सबैसंग हातमा हात मिलाएर अघि बढ्ने बताए ।

निर्वाचन अधिकृत रीताकुमारी बख्रेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख सुदेवकुमार पोखरेलले नगरको विकास तथा जनताको हितमा काम गर्न नवनिर्वाचित नगरप्रमुख लगायतका पदाधिकारीलाई आग्रह गरे ।
रासस

प्रतिक्रिया दिनुहोस्