१८ कार्तिक २०८३, मंगलबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक सय तीस स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

लेखक स्थानीय खबर ९ आश्विन २०७४, सोमबार १ मिनेट पढाइ


काठमाडौँ
, ९ असोज । असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेस ३७, नेकपा एमाले १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।

यसैगरी, जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २३३ वडाको मतगणना कार्य सम्पन्न भएको छ । अब छ स्थानीय तह र ३८ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बाँकी स्थानीय तहको मतगणना कार्यलाई छिटो सम्पन्न गर्नेगरी गणना कार्य भइरहेको छ ।
रासस

प्रकाशित मिति : ९ आश्विन २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।