१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीको पिपरा गाउँपालिकामा राजपा नेपाल विजयी




गौशाला
, ८ असोज । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा राष्ट्रिय जनता पार्टि नेपाल विजयी भएको छ ।

निर्वाचन अधिकृत युवराज महतका अनुसार पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपालका विनोदकुमार चौधरी र उपाध्यक्ष पदमा सोही पार्टीकी ननुकुमारी दास विजयी भएकी छन् ।

पिपरा गाउँपालिकाको अध्यक्ष पदमा चौधरी दुई हजार ७७५ र उपाध्यक्ष पदमा ननुकुमारी दास दुई हजार ५७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत महतले बताए ।

त्यस्तै उनीहरुका निकटतम प्रतिद्वन्द्वी अध्यक्ष पदमा नेकपा एमालेका विक्रम चौधरीले एक हजार ८७३ र उपाध्यक्ष पदमा रेखा देवी दासले दुई हजार १७ मत प्राप्त गरेका छन् ।

यो परिणामसंगै महोत्तरीको १५ मध्ये १४ स्थानीय तहको परिणाम आइसकेको छ भने राजपा नेपालले छ स्थानमा बिजय हासिल गर्दै पहिलो भएको छ ।
रासस

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार ००:००