२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खडक नगरपालिका प्रमुखमा समाजवादी फोरम विजयी

लेखक स्थानीय खबर ८ आश्विन २०७४, आइतबार १ मिनेट पढाइ


राजविराज
, ८ असोज । सप्तरीको खडक नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएका छन् ।

शनिबार राति अबेर सम्पन्न मत परिणामअनुसार प्रमुख पदमा संघीय फोरम नेपालका हेमायु हकले तीन हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरणकुमार भगतले दुई हजार हजार ९९४ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसका यसमिन सुलतान खातुन तीन हजार २३७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका बिन्दुलाकुमारी देवी झाले दुई हजार ७६९ मत प्राप्त गरिन् ।

सोही नगरपालिकाको वडा नं १, २, ३ मा कांग्रेस, ४ मा नेपाल फोरम लोकतान्त्रिक, ५ मा एमाले ,६ मा नेपाल लोकतान्त्रिक फोरम, ७ र ८ मा संघीय समाजवादी फोरम नेपाल, ९ र १० मा नेपाली कांग्रेस तथा वडा नं ११ मा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।

नगरपालिकाका प्रमुख हेमायु पूर्वस्वतन्त्र सांसद मोहम्द सदरुल मियाँ हकका छोरा हुन् । उनको करिब चार वर्ष अगाडि आफ्नै परिवारका सदस्यबाट हत्या भएको थियो । सदरुल मियाँ २०६४ सालमा स्वतन्त्र उम्मेदवारका रुपमा क्षेत्र नं ५ बाट सांसद बनेका थिए ।
रासस

प्रकाशित मिति : ८ आश्विन २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।