१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक



 

७, लहान, असोज । सिरहाको १७ मध्ये १६ स्थानीय तहको मतगणना सकिएको छ । सिरहा नगरपालिकाको मात्र मतगणना सम्पन्न हुन बाँकी छ । १६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरम नेपाल र नेकपा एमालेले ४÷४ र कांग्रेसले २ स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

पछिल्लो पटक आज बिहान सम्पन्न सिरहाको गोलबजारमाम मा माओवादी र लहान नगरपालिकामा नेकपा एमालेले जीत हासिल गरेको छ । यसैगरि बरियारपट्टि लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएका छन् ।

सिरहाको गोलबजार नगरपालिकामा माओवादी केन्द्रका देवनाथ साह ६ हजार ४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा ६ हजार ३४९ मतसहित उपप्रमुखमा निर्वाचित भएका छन् ।

यस्तै सिरहाको लहान नगरपालिका प्रमुखमा एमालेका मुन्नी साहले ११ हजार ३०७ मत प्राप्त गरि प्रमुखमा र एमालेकै सरियारकुमारी चौधरी ११ हजार १६८ मत प्राप्त गरि उपप्रमुखमा विजयी भएका छन् ।

बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरमका सन्तोषकुमार महतोले ३ हजार ९७९ मत प्राप्त गरि प्रमुखमा विजयी भएका छन् । यसैगरि फोरम नेपालकै रेखाकुमारी यादव ३ हजार ७६३ मत प्राप्त गरि उपप्रमुखमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

यस्तै लक्ष्मीपुरपतारी गाउँपालिकाको अध्यक्षमा संघीय समाजवादी फोरमका रामबल्लभ साह ४ हजार ४ सय मत प्राप्त गरि विजयी भएका छन् भने उपाध्यक्षमा फोरमकै आशादेवी यादव ३ हजार ६४६ मत पाएर विजयी भएका छन् । रासस

प्रकाशित मिति : ७ आश्विन २०७४, शनिबार ००:००