७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामगोपालपुरका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी




गौशाला
, ६ असोज । महोत्तरी रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

अशोक मण्डलले दुई हजार ९४४ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम यादवले दुई हजार ७५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिनानाथ अधिकारीले जानकारी दिए ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका सीतादेवी साहले दुई हजार ८९१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पादेवी महतोले दुई हजार ८५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अधिकारीले बताए ।
रासस

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार ००:००