७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चालिस स्थानीय तह, ७५८ वडाको मतपरिणाम सार्वजनिक




काठमाडौँ
, ६ असोज । तेस्रो चरणको असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ४० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट शुक्रबार बिहान ९ बजे प्राप्त विवरणअनुसार स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र ८, राष्ट्रिय जनता पार्टि नेपाल ६, नेकपा एमाले ५, संघीय समाजवादी फोरम नेपाल ५, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता पार्टिका एकजना उम्मेदवार विजयी भएका छन् ।

यसैगरी, अहिलेसम्म ७५८ वटा वडाको अन्तिम मतपरिणाम प्राप्त भइसकेको प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतगणना बाँकी रहेका ९६ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना कार्य शान्तिपूर्णरूपमा जारी रहेको आयोगले जनाएको छ ।
रासस

प्रकाशित मिति : ६ आश्विन २०७४, शुक्रबार ००:००