१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलेश्वर नगरपालिका १० मा राप्रपा विजयी




गौशाला
, ५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका १० मा विजयी भएको छ । जलेश्वर नगरपालिका १० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए ।

जलेश्वर २ मा स्वतन्त्र उम्मेदवार विजयी
यसैगरी जलेश्वर नगरपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार बरुण दाहालले २९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००