४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजविराजको वडा नं १५ मा मतदान शुरु




राजविराज
— सप्तरी, ५ असोज । सप्तरीको राजविराज नगरपालिका वडा नं १५ मा बिहिबार बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन शुरु भएको छ । उक्त वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज (बिहिबार) भएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ ।

विशेष सुरक्षाका साथ दुईवटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको बताइएको छ । त्यहाँ एक हजार ६३९ मतदाता रहेका छन् । यादवको मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रम अनुसार वडा नं १५ मा राजपा, नेपालका तर्फबाट वडाध्यक्ष पदका लागि जशकरण मण्डलले असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

यसअघि असोज २ गते राजविराज नगरपालिकाको १५ वडाबाहेक अन्य वडामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । सो वडा नं १५ मा आज बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत महेशकुमार ठाकुरले जानकारी दिए ।

यसैबीच, सम्पन्न भएका वडाहरुको मतपेटिका जिल्ला खेलकुद विकास समितको हलमा कडा सुरक्षाका साथ राखिएको र वडा नं १५ को मतदान सकिएपछि राजविराज नगरपालिकाको मतगणना आजैदेखि शुरु हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००