२४ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याङलुङ–ओख्रे सडक खण्डको लम्बु खोला पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

लेखक स्थानीय खबर ४ आश्विन २०७४, बुधबार १ मिनेट पढाइ


तेह्रथुम
, ४ असोज । छथर गाउँपालिकालाई सदरमुकाम म्याङलुङसंग जोड्ने म्याङलुङ–ओख्रे सडक खण्डको लम्बु खोलामा मोटर चल्ने पुल निर्माणको काममा ढिलाइ हुँदा स्थानीयवासीलाई सास्ती भएको छ ।

एक वर्षअघि नै सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सुस्तगतिमा काम गरिरहेको छ । दुई वर्षअघि तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो ।

पाँच करोड ९८ लाख ४७ हजार लागतमा एक वर्षभित्र सक्नेगरी कम्पनीले कामको जिम्मा लिएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गर्दा समेत कम्पनीले ६० प्रतिशत काम मात्रै सकेको छ । पुल निर्माणमा प्राविधिक सहयोग गरिरहेको स्वीस सरकार विकास सहयोग एसडिसी अन्तर्गतको स्थानीय सडक पुल विकास कार्यक्रमका प्राविधिक अमरेन्द्र चौधरीले सामान ढुवानीमा समस्या हुँदा निर्माणमा ढिलाइ भएको बताए ।

करिब ४८ मिटर लम्बाइ र ६ मिटर चौडाई भएको उक्त पुलको पिलर निर्माण अन्तिमचरणमा पुगेको छ । यहाँका बासिन्दा धनकुटाको सिधुवा पुगेर कोशी राजमार्गबाट वसन्तपुर हुँदै सदरमुकाम म्याङलुङ आउने गरेका छन् । सडक निर्माण भए पनि पुल नबन्दा अर्को जिल्ला घुमेर सदरमुकाम आउनुपर्ने बाध्यता भएको ओख्रेका उमेश नेपालीले बताए ।

यता जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगानाले यथाशीघ्र पुल निर्माण सक्न निर्देशन दिएको बताउछन् ।
रासस

प्रकाशित मिति : ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।