१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पटेर्वासुगौली गाउँपालिकाको वडाध्यक्षमा एमाले विजयी




पर्सा
, ३ असोज । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको समूह विजयी भएको छ । अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका छन् ।

अन्सारीले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए ।

अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गरेका छन् । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

यसैबीच वीरगञ्ज महानगपालिकाको मतगणना मंगलबार बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बत्तीस वडा रहको महानगरपालिकाका १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार ००:००