१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा राजपा अगाडि




गौशाला
, ३ असोज । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहेको छ ।

निर्वाचन अधिकृत यामबहादुर कार्कीका अनुसार प्रारम्भिक मतगणनामा राजपा पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् ।

पाँच सय ५० मतपत्र गणना भएकोमा १३५ मत ल्याएर राजपा पहिलो, ११७ मत ल्याएर माओवादी केन्द्र दोस्रो र ५५ मत ल्याएर संघीय समाजवादी फोरम नेपाल तेस्रो स्थानमा रहेका छन् । मनरा सिस्वा नगरपालिकामा गएराति ११ः३० बजेदेखि मतगणना शुरु भएको थियो ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार ००:००