१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मंसिरमै निर्वाचन सम्पन्न गर’




हेटौँडा,
१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हुने ऐतिहासिक आन्दोलन तथा क्रान्ति देश र जनताको बृहत्तर हित र प्रजातन्त्रको सुदृढीकरण भन्दा प्रमुख दलको सत्ताको भर्याङ बन्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।

राप्रपा मकवानपुरद्वारा बाग्मती गाउँपालिका ७ फापरबारीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण शिविरको उद्घाटन गर्दै उनले सत्तारूढ दलले संसद्मा रहेका प्रतिपक्षी र अन्य दलसंग सहकार्य गरेर आगामी मंसिर महिनाभित्र केन्द्रीय प्रतिनिधिसभा र प्रदेशको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले प्रमुख दलले सत्ताका लागि प्रतिस्पर्धा त्यागेर राष्ट्रिय अखण्डताको दिगो जगेर्ना र आर्थिक समृद्धितर्फ डोर्याउन ध्यान दिनुपर्ने बताएका छन् ।

राप्रपा केन्द्रीय सदस्यद्वय दीपकबहादर सिंह र गणेश थापा तथा पार्टीको सहायक महामन्त्री राजाराम बर्तौलाले राप्रपाका कार्यकर्ताले पार्टीको नीति र सिद्धान्तमा विचलित नभई जनताको घरदैलोमा पुगेर संगठन बलियो बनाउँदा प्रजातन्त्र सुदृढीकरण हुने तथा हिन्दु धर्म पुनः स्थापना गर्न सकिने बताए ।
रासस

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार ००:००