नवलपरासी, १ असोज । प्रदेश नं ४ मा पर्ने नवलपरासीको नवलपुर क्षेत्रको नामाकरण नवलपुर जिल्ला कायम हुनुपर्ने माग राख्दै सरोकारवालाले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री देउवालाई भेटी पूर्वीनवलपरासीको नामाकरण ‘नवलपुर’ जिल्ला र सदरमुकाम कावासोती तत्काल घोषणा गर्न माग गरेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए ।
मन्त्रिपरिषद्को आगामी बैठकबाट यस सम्बन्धी निर्णय गर्ने प्रधानमन्त्री देउवाले आवश्वास दिएको लामिछानेले बताए । गतसाता मात्रै सरकारले नवलपुर क्षेत्रका लागी पनि हालको नवलपरासीको परासीमानै जिल्ला समन्वय समितीको कार्यालय स्थापना गरी नवलपुर क्षेत्रको लागि कामकारबाही गर्न भनी सरकारले परिपत्र गरेको थियो ।
रासस
प्रतिक्रिया