२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता लगायत प्रमाण देखाएर मतदान गर्न सकिन्छः आयोग

लेखक स्थानीय खबर १ आश्विन २०७४, आइतबार १ मिनेट पढाइ


काठमाडौँ
, १ असोज । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्पूर्ण मतदाताको मताधिकारको सुनिश्चितता गर्न मतदाता परिचयपत्रको अतिरिक्त अरु वैकल्पिक व्यवस्था गरेको छ ।

मतदाताले कुनै कारणवश तस्वीरसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा वैकल्पिक व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाइने छ ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत आयोगले सम्बन्धित सबैलाई जानकारी गराएको छ ।
रासस

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।