२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लार्चाको बेलिवृजको काममा सुस्तता




चौतारा
३० भदौ । सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल पहिरोले भाच्चिएपछि बन्दै गरेको बेलिवृजको काममा सुस्तता आएको छ । बेलिवृजको जग बनाउने ९फाउन्डेशन० भागमा ठूलो चट्टान देखा परेकाले त्यसलाई हटाउन धेरै समय लागेको हुँदा तीव्र गतिमा हुनुपर्ने काममा ढिलाइ हुनगएको हो ।

मेसिनरी औजार प्रयोग गर्दा पनि चट्टान फुटाउन नसकी मानवीय शक्तिकै भरमा चट्टान फुटाएर जग तयार गर्न समय लागेकाले पुलको काम सम्पन्न गर्न तिहारपछि मात्र सम्भव हुने डिभिजन सडक कार्यालय दोलखाका डिभिजनल ईन्जिनियर अशोक तिवारीले बताए ।

गएको साउन ८ गते बेलुका अविरल वर्षासंगै माथिबाट खसेको ढिस्कोले भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीस्थित भोटेकोशीको पक्की पुल भाँच्चिएपछि तातोपानीसंगको सम्पर्क विच्छेद भएको हो ।

एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सडक विभागले साउन १८ गते बेलिवृजका सबै सामान योजनास्थलमा पुर्याएको थियो । तर काममा ढिलाइ भएकाकारण नै त्यस क्षेत्रका बासिन्दालाई पुल तयार भई सवारी साधनबाट तातोपानी, बाह्रबिसे काठमाडौँ र काठमाडाँै– तातोपानी आवतजावत गर्न अझै ६ महिना पर्खनुपर्ने अवस्था छ ।
रासस

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ००:००