१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले आचारसंहिता उल्लंघन गरेको छैनः उपप्रधानमन्त्री महरा




चितवन
, ३० भदौ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएका छन् ।

पत्रकारसंग कुराकानी गर्दै उनले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताए । उपप्रधानमन्त्री महराले भने “निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन ।” आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उनले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताए ।

सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उनले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताए ।

उनले भने “आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो ।” पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आएका हुन् । निजी नम्बरको गाडीमा उनी चितवनको माडी हुँदै ठोरीतर्फ गएका छन् ।
रासस

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ००:००