३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह




सप्तरी
, २९ भदौ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन लागेको स्थानीय निर्वाचनमा मानवअधिकारको उल्लंघन हुन नदिन सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार साँझ राजविराजमा स्थानीय प्रशासन निर्वाचनका पदाधिकारी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उनले निर्वाचनमा मतदाताको सुरक्षा, मतपेटिका सुरक्षा र दलका नेता कार्यकर्ताको सुरक्षाका साथै निर्वाचन आचारसंहिताको पालना हुनुपर्नेतर्फ स्थानीय प्रशासन लाग्नुपर्ने बताए ।

साथै, उनले राजनीतिक दलहरुबीच द्वन्द्व हुन नदिन र आपराधिक क्रियाकलाप रोक्नका लागि सबैलाई आग्रह गरे । सोही कार्यक्रममा सप्तरीका मुख्य निर्वाचन अधिकृत शम्भु कोइरालाले सप्तरी जिल्लाको स्थिति समग्ररुपमा राम्रो रहेको र राजनीतिक दल, प्रशासन र कर्मचारीबाट सहयोग भइरहेको जानकारी दिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सप्तरीमा निर्वाचनको अवस्था शान्तिपूर्ण रहेको र जनता पनि अत्यन्त उत्साहित भएको बताउँदै कुने आपराधिक घटना हुन नदिन सुरक्षा निकाय गम्भीरतापूर्वक लागेको बताए ।

निर्वाचन आयोगबाट सप्तरीमा अनुगमनमा खटिएका सहसचिवद्वय रविराज रेग्मी र छवीन्द्र पराजुलीले सप्तरीमा छिटफुट घटनाबाहेक निर्वाचन आचारसंहिता उल्लंघन नभएको र सप्तरीको निर्वाचन र मतदान केन्द्रको अवस्थाबारे अनुगमन भइरहेको जानकारी दिए ।
रासस

प्रकाशित मिति : २९ भाद्र २०७४, बिहिबार ००:००