२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटकाे दुर्गम भेगमा भिडियो एक्स–रे सेवा शुरु

लेखक स्थानीय खबर २६ भाद्र २०७४, सोमबार १ मिनेट पढाइ


जाजरकोट
, २६ भदौ । जिललाको अति दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा शुरु भएको छ । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा शुरु गरिएको हो ।

साविकका आठ गाविस अर्थात्, त्रिवेणी नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका ,तल्लो डोल्पा, रुकुमको पश्चिमी क्षेत्रका स्थानीयले यहाँबाट भिडियो एक्स–रे को सेवा लिन सक्नेछन् ।

स्वास्थ्य मन्त्रालय, जाजरकोट क्षेत्र नं १ मा सांसद शक्तिबहादुर बस्नेतको आर्थिक सहयोगबाट दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको स्वास्थ्य चौकी दल्लीले बताएको छ ।

भिडियो एक्स–रे गर्नकै लागि यहाँका हजारौँ स्थानीय रुकुमको चौरजहारी, नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता थियो । अब यहाँ एक्स–रे सञ्चालनमा आएपछि हजारौँ रुपैयाँ खर्च र दुःख हुने कार्य सदाका लागि अन्त्य भएको छ । पूर्वी क्षेत्रको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीमा प्रभावकारी सेवा पाउने आशामा स्थानीयबासिन्दा खुशी भएका छन् ।

शव परीक्षण गर्नका लागि भवन नहुँदा प्लाष्टिकभित्र राखेर शव परीक्षण हुँदै आएकामा नगरपालिकाको आर्थिक सहयोग पछि अब केही समयभित्र सुरक्षित घरभित्र शव परीक्षण हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।