२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउनु पर्ने बाध्यता

लेखक स्थानीय खबर २६ भाद्र २०७४, सोमबार १ मिनेट पढाइ


बेनी
— म्याग्दी, २६ भदौ । म्याग्दी जिल्लाको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ । बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य छन् ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनका अनुसार बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम धाउनु पर्ने बाध्यता छ । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता रहेको छ ।

अहिले सदरमुकाम बेनीबजारमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायत एक दर्जन बढी निजी तथा विकास बैंकले सेवा दिइरहेका छन् भने मालिका गाउँपालिकाको दरबाङमा सरकारी बैंक नभए पनि गरिमा लगायतका निजी बैंक रहेका छन् ।

यता मंगाला गाउँपालिकाको केन्द्र बाबियाचौरमा गरिमा विकास बैंकबाट नै कारोबार हुँदै आएको छ । गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् ।

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पुर्याउने भनेको भए पनि अहिलेसम्म पुर्याउन नसक्दा धेरै सास्ती खेप्नु परेको छ ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।