१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा मोटर चल्ने आठ पुल निर्माणाधीन




पोखरा,
२५ भदौ । कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन् । आर्थिक बर्ष २०७३÷७४ को असार मसान्तसम्म दुई पुल भने बनिसकेका छन् ।

पोखराको बसपार्क र रामबजार जोड्ने सेती नदीमाथि बनेका चोर साँघु र शहरीचोकदेखि लेकसाइड जोड्ने फिर्के खोलामाथिको पुल बनी सवारी आवागमन शुरु भइसकेको जिल्ला समन्वय समिति कास्कीका जिल्ला इञ्जिनीयर नारायणप्रसाद बरालले जानकारी दिए ।

कास्कीका कालीखोला, सुरौदी खोला, हर्पन खोला, सार्दीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल निर्माणाधीन छन् । इ बरालका अनुसार ती सबै पुल निर्माणका लागि जिससले ठेकेदार सँग झण्डै २९ करोडको सम्झौता गरेको छ ।
रासस

प्रकाशित मिति : २५ भाद्र २०७४, आइतबार ००:००