२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुखका उम्मेदवार शाहको घरमा बम विस्फोटन

लेखक स्थानीय खबर २३ भाद्र २०७४, शुक्रबार १ मिनेट पढाइ


धनुषा
, २३ भदौ । तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।

घरको कम्पाउण्डमा विस्फोट भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताए ।
रासस

प्रकाशित मिति : २३ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।