११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपलब्धि संस्थागत गर्न माओवादी केन्द्रले जित्नैपर्छः नेता पोखरेल




लहान
, २२ भदौ । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले नेपाली जनताले हासिल गरेको उपलब्धिलाई संस्थागत गर्न आफ्नो पार्टीले जित्नै पर्ने बताएका छन् ।

माओवादी केन्द्रले सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना गरेको कार्यक्रममा नेता पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गरे मुलुकमा विकास र समृद्धिले गति लिने दाबी समेत गरे ।

संघीयता, धर्मनिरपेक्षता, समावेशीता लगायतका उपलब्धिका मुद्दा बोकेर गाउँगाउँमा जान नेता कार्यकर्ताहरूलाई उनले निर्देशन समेत दिए ।

सो अवसरमा माओवादी केन्द्रका तर्फबाट धनगढीमाई नगरपालिकाको प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरीले आफूले चुनाव जिते धनगढीमाई नगरपालिकालाई नमुना शहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : २२ भाद्र २०७४, बिहिबार ००:००