२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

लेखक स्थानीय खबर १९ भाद्र २०७४, सोमबार २ मिनेट पढाइ


महेन्द्रनगर
— धनुषा, १९ भदौ । असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले १८ मध्ये १२ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

एक उपमहानगरपालिका सहित १८ स्थानीय तह रहेको धनुषामा १२ वटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला सभापति रामसरोज यादवले जानकारी दिए ।

नेपाली कांग्रेस धनुषा सभापति यादवका अनुसार जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोज साह र उपप्रमुखमा निलम कर्ण, क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पजियार (जोगी) र उपप्रमुखमा रचना माथेमा, नगराईन नगरपालिकाको प्रमुखमा प्रमेश्वर यादव र उपप्रमुखमा रञ्जुदेवी साह, विदेह नगरपालिकाको प्रमुखमा प्रेमचन्द्र झा र उपप्रमुखमा हीरादेवी सहनी, धनुषाधाम नगरपालिकाको प्रमुखमा बालेश्वर मण्डल र उपप्रमुखमा विद्यादेवी भुजेल, सबैला नगरपालिकाको प्रमुखमा विजयशंकर साह र उपप्रमुखमा बबितादेवी साह उम्मेदवार चयन भएका छन् ।

त्यस्तै धनौजी गाउँपालिकाको अध्यक्षमा बद्री सिंह र उपाध्यक्षमा रामवती मण्डल, लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा कुमरकान्त झा र उपाध्यक्षमा रामराजी यादव, बटेश्वर गाउँपालिका अध्यक्षमा रामअशिष महतो र उपाध्यक्षमा अनारशीदेवी यादव, औरही गाउँपालिकाको अध्यक्षमा ब्रम्हदेव यादव र उपाध्यक्षमा शशीकला मण्डललाई उम्मेदवार छन् ।

यस्तै मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा रामबाबु यादव उम्मेदवार बनेका छन् भने उपाध्यक्षको टुंगो लगाउन बाँकी छ । यता कांग्रेस र नेकपा माओवादीले तालमेल गर्ने धनुषा जिल्लाको एक स्थानीय तह मिथिला नगरपालिकाको प्रमुखमा राजकुमार महतोलाई कांग्रेसले उम्मेदवार बनाएको छ भने माओवादीबाट उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ ।
रासस

प्रकाशित मिति : १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।