६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा




भीमदत्तनगर
, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाहेकका अन्य राष्ट्रवादी शक्तिसित निर्वाचनमा सहकार्य हुने जानकारी दिए ।

सरकारले सुरुआतमा एउटै मितिमा दुबै निर्वाचनको मिति घोषणा गरे पनि लगत्तै मंसिरमा दुई मितिमा प्रदेश र प्रनितिधिसभाको निर्वाचन घोषणा गरिएकामा शंका व्यक्त गर्दै नेता थापाले भने, “यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।”

उनले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसित माग समेत गरे । उनले आगामी दिनमा मेची महाकाली जागरण अभियान, सात वटै प्रदेशमा सनातन धर्म सभालगायत कार्यक्रम गर्ने तयारीमा पार्टी जुटेको जानकारी दिए ।
रासस

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार ००:००