२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झोले कार्यालयबाट सरकारी कामकाज




जाजरकोट
, १५ भदौ । यहाँका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन महिना बितेपनि कार्यालय नहुँदा समस्या भएको छ । जिल्लाको भेरी नगरपालिकाले कर्मचारी अभावमा वडा नं १ देखी ४ सम्मका लागि संयुक्त वडा कार्यालय बनाएर काम गदैआएको छ ।

तेह्रवटा वडा रहेको सो नगरपालिकामा चारजना वडा सचिवले काम चलाइरहेका छन् । यहाँ तीन नगरपालिका र चार गाउँपालिका छन् । यी सातवटै स्थानीय तहको ७७ वटा वडामा २६ जना गाविस सचिवले संयुक्त वडा कार्यालयमार्फत कामकाज धानिरहेका छन् । थप कर्मचारी कहिले आउने हो अझै टुंगो छैन भने अहिलेसम्म कुनै पनि गाउँपालिकाले वडा कार्यालय स्थापना गर्नसकेका छैनन् ।

आर्थिक वर्षको शुरुसंगै गाउँमा कर्मचारी जाने, गाउँपालिका र नगरपालिकाबाट सबै सेवा प्रवाह हुने सोचेका स्थानीयवासी अहिलेसम्म गाउँबाट सेवा प्रवाह नहुँदा निराश छन् । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण केसीले गुनासो गरे, “गाउँमा न टेलिफोनले काम गर्छ न बैंकिङ सुविधा नत कर्मचारीको व्यवस्था छ, सदरमुकाममा नबसेर के गर्नु रु ” कतिपय सेवा सदरमुकामबाटै भइरहेको उनले बताए ।

सरकारले यसै महिनाभित्र आगामी वर्षको बजेट पारित गर्न स्थानीय तहलाई निर्देशन दिए पनि अहिलेसम्म जनप्रतिनिधि गाउँ गएका छैनन् । यसअघि पनि करिब १५ वर्षदेखि तत्कालीन गाविस सचिवले सदरमुकामबाटै सेवा प्रवाह गर्दैआएका थिए । त्यही अवस्था दोहरिनेमा त्रिवेणी नलगाड– ८ का हरिबहादुर खत्री चिन्ता व्यक्त गर्छन् ।

भेरी नगरपालिकाबाहेक जिल्लाका अन्य ६ गाउँपालिकामा टेलिफोनका साथै बैकिङ सुविधा विस्तार हुनसकेको छैन भने छेडागाड र नलगाड नगरपालिका लगायतका कतिपय स्थानमा अझैसम्म पनि यातायातको सुविधा पुग्न सकेको छैन ।
रासस

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहिबार ००:००