७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छः अध्यक्ष श्रेष्ठ



१२ चैत, काठमाडौं ।
नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले प्रतिष्पर्धा गर्ने संघले जनाएको छ ।

सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ जान लागेको हो । उक्त टोलीलाई सांसद जीवनराम श्रेष्ठले बिदाई गर्दै खेलाडीले अनुशासित भई प्राप्त गर्ने सफलताले समग्र मुलुकको गौरव र प्रतिष्ठा बढाउने विश्वास व्यक्त गरे ।

नेपाल स्की संघका अध्यक्षसमेत रहेका श्रेष्ठले स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्ने बताए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका सांसद श्रेष्ठले उक्त खेललाई व्यावसायिक बनाउन आवश्यक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त टोलीलाई आवश्यक सहयोगका लागि अफिसियल कर्मचारीमा उत्सव पाठक र सुरज काफ्ले रहेको संघले जनाएको छ ।
रासस

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ००:००