१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाशीला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी



चैत १९, पर्वत । पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले सोमबारदेखि तालाबन्दी गरेको हो ।

यस अगाडि चरणबद्धरूपमा ध्यानाकर्षणपत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेर कांग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिने लगायतका गतिविधि गरिरहेको कांग्रेसले सोमबारदेखि पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

कांग्रेसले चरणवद्धरूपमा आन्दोलन गरेपछि गाउँपालिका र कांग्रेसबीच सोमबार दिउँसो वार्ता भए पनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको आन्दोलनरत नेपाली कांग्रेसका उज्ज्वल गुरुङले जानकारी दिए । वार्ता निष्कर्षमा नपुगेपछि अन्ततः कार्यालयमा तालाबन्दी गर्नुपरेको गुरुङले बताए ।

छलफलका क्रममा गाउँपालिकाका तर्फबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरुले आफ्नो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्षविहीन भएको थियो । कांग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले कांग्रेसका मागलाई हाँसोमा उडाउनुसरह हो भन्दै तालाबन्दी गरेको जनाएको छ ।

कांग्रेसले आफ्ना न्यूनतम माग पूरा हुनुपर्ने, अधिकारसहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमति कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकाले घटाइनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलापमा कांग्रेसलाई पनि सहभागी गराइनुपर्ने माग पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलिने अन्यथा तालाबन्दी अनिश्चितकालसम्म रहने बताएको छ ।

गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले कांग्रेसलाई विभिन्न सात विषयमा छलफलका लागि बोलाइएको तर त्यो वार्ताका रूपमा भने नरहेको बताए । उनले गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण वडाध्यक्षहरु बसेर सामान्य छलफल भएको र मङ्गलबार पुनः छलफल गर्ने तयारी भए पनि कांग्रेसले आफ्ना माग पूरा गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको जानकारी दिए । उनले यो समस्याको समाधान छिट्टै समाधान हुने बताए ।

असिनाले करोडौँको बालीनाली नष्ट पर्वत र बागलुङ जिल्लाका विभिन्न स्थानमा सोमबार दिउँसो आएको असिनापानीले बालीनालीमा ठूलो क्षति पु¥याएको छ । पर्वतको फलेवास नगरपालिका, विहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिकामा असिनापानीले बालीनाली र फलफूल खेतीमा ठुलो क्षति पु¥याएको हो ।

करीब एक घण्टा परेको असिनाले बालीनालीसँगै फूल खेल्दै गरेको सुन्तलाबाली, भित्र्याउने तयारीमा रहेको गहुँ, तोरी लगायतका बाली पूर्णरूपमा झारेर नष्ट गरेको नगरपालिका–८ छिस्तीका गोविन्द पौडेलले जानकारी दिए । नगरपालिका–७ को जैदीमा पनि असिनापानीले क्षति पु¥याएको पौडेलले बताए ।

फलेवास नगरपालिकाको वडा नं ५, ६, ७, ९, १०, ११, विहादी गाउँपालिका वडा नं १ मा पनि असिनापानीले बालीनालीमा क्षति भएको छ । फलेवास नगरपालिका वडा नं ९ भङ्गाराका अर्जुन क्षेत्रीले हिउँदेबाली सबै असिनाले सखाप पारेको बताए ।

पर्वतका एक दर्जन स्थानमा असिनापानीले बालीनालीमा ठूलो नोक्सानी पु¥याएको तर क्षतिको यकिन विवरण भने सङ्कलन गर्ने काम भइरहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । पर्वत र बागलुङ जिल्ला हेर्दै आएको केन्द्रले दुवै जिल्लामा क्षतिको विवरण सङ्कलनका लागि प्राविधिक परिचालन गरिएको उनले बताए । रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार ००:००