५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुर नगरपालिकामा कर्मचारीको आन्दोलन, सेवाग्राही मर्कामा



पुस ५, बेझाड । अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

दिउँसो वडा कार्यालयमा कामका लागि पुगेकी रामपुर नगरपालिका ६ की लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्किएको बताउछिन् । “मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि वडा कार्यालयमा सेवा लिन पुगेँ,” उनले भनिन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका कर्मचारीले मङ्गलबारदेखि आन्दोलन शुरु गरेका हुन् । मङ्गलबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म, बुधबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेको समितिका सचिव वासुदेव ढकालले जानकारी दिए ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आन्दोलन जारी राख्ने उनले बताए । पाँच वडा सचिव, तीन इञ्जिनीयर, दुई सबइञ्जिनीयर, पाँच सामाजिक परिचालक, १४ कार्यालय सहयोगी, तीन सवारी चालक गरी ३२ आन्दोलित कर्मचारीले कार्यालको कामकाज ठप्प पारेका छन् ।

कर्मचारीको समायोजनामा स्थानीय निकायका कर्मचारीलाई सम्मानजनक व्यवस्था हुनुपर्ने, साविकका काम गर्दै आएका अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकको सेवाको निरन्तरताका साथै कर्मचारीको सुविधा, केही प्रक्रिया पुगेका र लामो समय काम गरेका कर्मचारीलाई विशेष मौका दिई प्रक्रिया पु¥याएर स्थायीको माग गर्दै कर्मचारी समायोजन ऐन २०७५ मा स्थानीय तहमा कार्यरत (जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) कर्मचारीलाई समायोजनमा समावेश गरियोस् भनी आन्दोलन गरिएको नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाइ समिति रामपुर नगरपालिकाका अध्यक्ष मदन पराजुलीले बताए ।

नगरपालिका कार्यालय र दशवटै वडा कार्यालयमा कार्यरत कर्मचारी आन्दोलन गरेपछि कार्यालय सुनसान बनेको छ । सम्बन्धित कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले कार्यालयबाट सेवा नपाएपछि फर्कन बाध्य भएका छन् । बुधबार भने दिउँसो २ बजेपछि नगरपालिकाका केही वडा कार्यालयमा अति आवश्यक सेवा लिन जानेको चहलपहल देखिन्थ्यो ।

विद्यालयमा सोलार र कम्प्युटर जडान

पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा रहेको सिन्दुर आधारभूत विद्यालयमा सोलार र कम्प्युटर जडान गरिएको छ ।

गाउँपालिकाको ३ लाख ५० हजार आर्थिक सहयोग र विद्यालयको ३५ हजार गरी जम्मा तीन लाख ८५ हजारको लागतमा विद्यालयमा सोलार र कम्प्युटर जडान गरिएको हो । नौ सय वाट क्षमताको सोलार, दुई वटा कम्प्युटर, दुई वटा फोटोकपी मेशिन जडान गरिएको प्रधानाध्यापक हुमबहादुर सुनारीले जानकारी दिए ।

विद्यालयमा सोलार र कम्प्युटर जडान भएपछि विद्यार्थीलाई प्राविधिक शिक्षा दिन सजिलो हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर विकले बताए । विद्यालयमा हाल १८१ विद्यार्थी अध्ययनरत छन् । रासस

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार ००:००