१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद अर्यालको पहलमा ५० लाख बराबरको राहत वितरण




पथरी
— मोरङ, ११ भदौ । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले उनको एक्लो प्रयासमा करिब ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गरेका छन् ।

बाढी शुरु भएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिएका हुन् । सांसद अर्यालले एक हजार ६०० क्विन्टल चामल, तीन हजार त्रिपाल, ५०० क्विन्टल दाल, ५०० क्विण्टल चिउरा र भुजा, १० हजार थान झुल वितरण गरे ।

अर्यालको पहलमा जहदामा एक हप्तासम्म भोजन गराइएको थियो । एलाइन्स फर डिजास्टर रिलिफ काठमाडौँको सहयोगमा सांसद अर्यालले जहदाका बासिन्दलाई राहत वितरण गरेका हुन् । जहदा– ३, ४, ५ र ७ वडाका ५५० परिवारलाई १५ किलो चामल, तीन किलो दाल, एक–एक लिटर तेल, नून, एक पावा मसला, एक थान त्रिपाल र एक थान झुल वितरण गरियो ।

रिलिफका संयोजक विकास सापकोटाको नेतृत्वको टोलीले १५ लाख बराबरको राहत अर्यालमार्फत वितरण गरिएको हो । अर्यालले मोरङ– ५ का बाढीपीडितलाई पहिलोचरणमा न्यूनतम आवश्यकताका राहत वितरण गरिएको र दोस्रो चरणमा फाउण्डेशनबाट एक हजारलाई नयाँ घर बनाइदिने बताए ।

बाढीपीडितलाई गाँस बासकै समस्या, रातभर जाग्रम बस्न बाध्य
यसैगरी बाढीपीडितले भोकभोकै पालमुनि जाग्रम बसेर रात काट्नु परेको गुनासो गरेका छन् । आएका राहत कता गए कसैलाई अत्तोपत्तो छैन । सरकारी संयन्त्र सबैको घरघरमा राहत पुर्यायौँ भनिरहेको छ । बाढीपीडितलाई आवास र खानपिनको व्यवस्था गर्न सरकारले प्रतिव्यक्ति दैनिक ७० प्रदान गरेको छ । तर विराटनगर महानगर– ७ का बाढीपीडित अहिले पनि त्यस्तो सेवाबाट वञ्चित छन् ।

बाढीपीडित विराटनगर– ७ का दिनेश सहनीको घर साउन २७ गते आएको बाढीले बगायो । दाताहरुले चलाउने दैनिक मेसबाट गुजारा चलेको थियो । अब दाता पनि आउन छाडेका छन् । ३०० भन्दा बाढी प्रभावितको अवस्था एकै ठाउँमा यसरी समस्याग्रस्त छ । उनीहरुमा बिहान खाए साँझ के खाने भन्ने समस्या छ ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार ००:००