१२ माघ २०८२, आइतबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा करिव ४४ हजार मतदाता थपिए




चितवन
, १० भदौ । जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहमा करिब ४४ हजारले मतदाता नामावलीमा तस्वीरसहितको नाम लेखाएका छन् ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुको गत साउन १ देखि यही भदौ ३ गतेसम्म निर्वाचन कार्यालय र साउन १६ देखि भदौ ३ गतेसम्म स्थानीय तहमा नामावली दर्ता गरिएको उक्त समयमा ४३ हजार ६०८ ले नाम लेखाएका छन् ।

निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिकामा १८ हजार ८७३, इच्छाकामना गाउँपालिकामा एक हजार ५६७, कालिका नगरपालिकामा तीन हजार ७९१, खैरहनी नगरपालिकामा पाँच हजार ४५२, माडी नगरपालिकामा चार हजार चार, रत्ननगर नगरपालिकामा चार हजार ६४५ र राप्ती नगरपालिकामा चार हजार ६३ जनाले नाम लेखाएका छन् ।

बाहिरी जिल्लाका एक हजार २१३ जनाले यहाँ नाम लेखाएका छन् । ढकालका अनुसार चितवनसहित ७२ जिल्लाका मतदाताले नामावली दर्ता गराएका हुन् । चितवनमा यसअघि तीन लाख १३ हजार तीन मतदाता थिए ।
रासस

प्रकाशित मिति : १० भाद्र २०७४, शनिबार ००:००