२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको छ’

लेखक स्थानीय खबर ५ भाद्र २०७४, सोमबार १ मिनेट पढाइ


राजविराज
— सप्तरी, ५ भदौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले बाढी र पहिरोका कारण प्रदेश नं २ मा यही असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको बताएका छन् ।

सोमबार सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बाढी पहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर भएकाले सरकार र स्थानीय प्रशासनले छिटो समस्याको समाधान गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए ।

“असोज २ गतेको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा रोकिँदैन,” उनले भने । निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुनेका साथै निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित हुने यादवको भनाइ थियो । प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको र प्रदेश नं २ मा हुने निर्वाचनमा पूर्ण सुरक्षाको व्यवस्था गरिएको उनले बताए ।

उनले सप्तरी लगायत अन्य जिल्लाका बाढीपीडितको अवस्था अनुगमन गरेको उल्लेख गर्दै सञ्चार माध्यमले यसअघि भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्णमा सम्पन्न गराउन खेलेको भूमिकाको सहराना गरे । मतदाता शिक्षाको कार्यक्रम तथा पत्रकारका लागि समेत मतदाता शिक्षा कार्यक्रम पठाउने बताउँदै निर्वाचन अचारसंहिताको पालना सरकार र राजनीतिक दलबाट भए–नभएको सम्बन्धमा पत्रकारलाइ निगरानी गर्न आग्रह गरे ।

यसअघि प्रमुख आयुक्त डा यादवले सप्तरीको राजनीतिक परिस्थिति एवं निर्वाचनको अवस्था र निर्वाचन सुरक्षाबारे स्थानीय प्रशासनसंग क्षलफल र जानकारी लिएका थिए ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।