८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्युत् सेवा सञ्चालन भएको एक दिन नबित्दै फेरि अवरुद्ध




गुल्मी
, ५ भदौ । गुल्मीको परोपकार सहकारी लघु जलविद्युत् परियोजनाको विद्युत् सेवा फेरि अवरुद्ध भएको छ । मुसीकोट नगरपालिका– ७ को बसेरीमा करिब ३० मिटर नहर भत्किँदा विद्युत् सेवा फेरि अवरुद्ध भएको हो ।

एक सय ३५ किलोवाट क्षमता भएको विद्युत् परियोजना अवरुद्ध भएसंगै नगरपालिकाका वडा नं १, २, ८ का झण्डै एक हजार २०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् भने विभिन्न उद्योगधन्दा, कलकारखानासमेत ठप्प भएका छन् ।

एक हप्ताअघि अवरुद्ध विद्युत् ३ गते सञ्चालनमा ल्याइए पनि आइतबारदेखि पुनः अवरुद्ध भएको छ । विद्युत् सेवा सञ्चालन गर्न केही दिन लाग्ने विद्युत् सञ्चालक समितिका अध्यक्ष धन्मेन्द्रकुमार मल्लले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार ००:००