१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोरमद्वारा चार नगरपालिका र तीन गाउँपालिकामा उम्मेदवार तय




लहान
, ५ भदौ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत असोज २ गते २ नं प्रदेशमा हुने निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सिराहाको चार नगरपालिका र तीन गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरेको छ ।

फोरमले सिरहाको लहान नगरपालिकाकाको प्रमुखमा वैधनाथ साह, उपप्रमुखमा रिता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने गोलबजार नगरपालिकाको प्रमुखमा कृष्णकुमार सिंह र उपप्रमुखमा रेनुका यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिए ।

त्यसैगरी सिरहा नगरपालिकाको प्रमुखमा अशेश्वर यादव तथा सुखीपुर नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने भगवानपुर गाउँपालिका प्रमुखमा बेचनप्रसाद यादव, उपप्रमुखमा सीतादेवी यादव, सखुवानन्कारकट्टी गाउँपालिका प्रमुखमा रामनारायण यादव, उपप्रमुखमा शोभा यादव तथा अर्नमा गाउँपालिकाको प्रमुखमा अशोककुमार यादवलाई उम्मेदवार बनाउने निर्णय भएको केन्द्रीय सदस्य यादवले बताए ।

बाँकी रहेका नगरपालिका र गाउँपालिकामा समेत भदौ १० गतेभित्र उम्मेदवार तय गरीसक्ने उनले बताए । यसैगरी नेकपा एमालेले पनि यसअघि नै सिरहाको सबै नगरपालिका र गाउँपालिकाको उम्मेदवार तय गरिसकेको छ ।

यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दल पनि जिल्लाको स्थानीय तहको प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवार तय गर्ने अन्तिम तयारीमा रहेका छन् ।

कूल सात नगरपालिका १० गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् । निर्वाचनमा भाग लिन सिरहामा ३२ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता रहेको छ भने जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

सिरहाका २५० बाढीपीडित परिवारलाई राहत वितरण

अविरल वर्षासंगै आएको बाढीका कारण डुबानमा परेका सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकाका डुबान पीडित परिवारलाई आइएमइ ग्रुपले राहत वितरण गरेको छ । जिल्लाका साझेदारसंगको समन्वयमा आइएमइ गु्रपले इटारीपर्साहीका ७० घरपरिवारसहित जिल्लाको २५० डुबान पीडित परिवारलाई आइतबार राहत वितरण गरेको हो ।

इटारी पर्साहीसहित जिल्लाको बसविट्टा, लहान नगरपालिका लगायतका स्थानका डुबानपीडितलाई राहतस्वरुप चामल, दाल, नून, तेल, झुल, भेस्ट, टर्चलाइट लगायतका सामग्री वितरण गरिएको आइएमइ ग्रुपका वीरेन्द्र ढकालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ५ भाद्र २०७४, सोमबार ००:००