९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले रामपुर नगरपालिकालाई १९ राेपनी जग्गा दियाे




रामपुर
— पाल्पा, २ भदौ । रामपुर नगरपालिका पाल्पालाई १९ रोपनी जग्गा प्राप्त भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रामपुर नगरपालिकाको नाममा भाडामा जग्गा प्राप्ति गर्ने निर्णय गरेपछि सो जग्गा प्राप्त भएको नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जानकारी दिए ।

साविक रामपुर गाविसको भवन क्षेत्र रहेको १९ रोपनी जग्गा नक्सामा उल्लेख भए पनि आफ्नो नाममा नहुँदा त्यहाँ नगरपालिकाले भवन निर्माण गर्न सकेको थिएन । भवन निर्माणका लागि आएको बजेट फ्रिज हुँदै आएको थियो ।

गत आर्थिक बर्ष २०७३/७४ मा जग्गा प्राप्तिको प्रक्रिया मन्त्रिपरिषद्मा पुगेपछि भवन निर्माण प्रक्रिया अगाडि बढेको कार्यकारी अधिकृत पोखरेलले बताए । मन्त्रिपरिषद्को निर्णयसंगै रामपुर नगरपालिकालाई प्राप्त भएको उक्त जग्गामा पाँच करोड चार लाखको लागतमा भवन निर्माण प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
रासस

प्रकाशित मिति : २ भाद्र २०७४, शुक्रबार ००:००