१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुख साउदको निजी लगानीमा सडक ग्राभेल




डडेल्धुरा
, २ भदौ । स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन् ।

डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले आफ्नै लगानीमा विभिन्न सडकमा ग्राभेल गर्ने कार्य सुरु गरेका छन् । सडकमा खाल्डाखुल्डी र हिलाम्य भई सर्वसाधारणले कष्टकर जीवन भोग्न बाध्य बएपछि जनताको समस्यालाई मध्यनजर गर्दै उनले निजी लगानीमा ग्राभेल गरेका हुन् ।

नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने बताउँदै आएका साउदले उक्त रकम जनताको र नगर कमिटीको सहमतिमा नगरको विकासमा खर्च गर्ने समेत बताउँदै आएका छन् । नगर प्रमुखमा निर्वाचित भइसकेपछि परशुराम नगरको हरेक विकासका लागि लागि पर्ने भएकाले सो कुराले परशुरामवासी जनतालाई केही हदसम्म राहत हुँदै आएको छ ।

परशुराम नगरपालिकाका प्रमुख साउदको व्यक्तिगत लगानीमा परशुराम नगरपालिकाका– १, २ र ४ का ग्रामीण सडकमा ग्राभेल गरिएको हो । परशुराम नगरपालिकाको जोगबुडा रुपाल सडकखण्ड र कटालको कालिगोई बजार जोड्ने तथा लालढुंगा बजारदेखि गोजा कटाल जोड्ने करिब ५०० मिटर ग्रामीण सडक खण्डमा ग्राभेल गरिएको परशुराम नगरपालिका–१२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।

खाल्डाखुल्डी भएको ग्रामीण सडकमा ग्राभेल गरिएसंगै स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको स्थानीय कलावती भट्टराईले जानकारी गराइन् । वर्षाको समयमा हिलाम्य ग्रामीण सडकमा आवतजावत गर्न स्थानीयवासीको दुःखलाई मध्यनजर गरी ग्राभेल गरिएको प्रमुख साउदको भनाइ छ ।

स्थानीय जनताका समस्यालाई समाधान गर्न आफू तयार रहेको प्रमुख साउदको भनाइ छ । भित्री मधेस क्षेत्रको विकासका लागि सर्वसाधारण, सरोकारवाला निकाय र राजनीतिक दलले सहयोग गर्नुपर्नेमा नगरप्रमुख साउदले जोड दिए ।

साउदको व्यक्तिगत लगानीमा हिलाम्य सडकमा भएका खाल्डाखुल्डीमा ग्राभेल गरिँदा गाडी सञ्चालनमा सहज भएको छ ।
रासस

प्रकाशित मिति : २ भाद्र २०७४, शुक्रबार ००:००