धनकुटा, २ भदौ । प्रदेश एवं संघीयसभाको निर्वाचनको पूर्वसन्ध्यामा फोटोसहितको मतदाता नामावली संकलनमा जिल्लामा नौ हजार ३०० मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
साउन १ देखि ३२ गतेसम्म जिल्ला जिल्लाका सातवटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा नौ हजार ३०० समावेश भएका छन् । छुटेका मतादातामध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकामा मात्र चार हजार १०० मतदाता थपिएको कार्यालयले जनाएको छ ।
आगामी निर्वाचनका लागि फोटोसहित नामावली दर्ता गर्न साउन महिनामा १८ वर्ष उमेर पुगेका नागरिकको उत्साहपूर्वक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय, धनकुटाले जनाएको छ ।
सीमित साधनस्रोत र जनशक्तिबाट सातवटा स्थानीय तहका कार्यालयमा फोटोसहितको नामावली तयार गर्न दैनिक १० घण्टा सेवा दिई नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख प्रदीप शाहले बताए ।
दुई निर्वाचन क्षेत्र र सातवटा स्थानीय तह रहेको जिल्लामा साउन १ देखि ३२ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरिएको कार्यालयले जनाएको छ ।
अधिकांश बसाँई सरी आएका र विदेशबाट फर्किएका युवाले नामावलीमा नाम समावेश गरेका छन् । नामावली संकलनसंगै नाम, ठेगाना, विवरण फरक परेका एवं आफ्नो नाम ठेगाना सच्याउनसमेत निवेदन आह्वान गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले बताए ।
रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।